ऋषभ पन्त भेट्न अस्पताल पुगिन् उर्वशीकी आमा, भनिन्– ‘सबै ठिक छ छोरी, चिन्ता नगर’
एजेन्सी : भारतीय क्रिकेट टिमका खेलाडी ऋषभ पन्तको दुर्घटनापछि अभिनेत्री उर्वशी रौटेला आफ्नो पोस्टका कारण सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन्।
केही दिनअघि उर्वशीले ऋषभ पन्त भर्ना भएको अस्पतालको तस्विर शेयर गरेकी थिइन्। अब उर्वशीकी आमा पनि उनको बाटोमा देखिएकी छन्।
अभिनेत्रीकी आमा मीरा रौटेलाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा दुई तस्विर शेयर गरेकी छन्, जसमध्ये पहिलो तस्बिर कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको हो। ऋषभ पन्त यस अस्पतालमा भर्ना छन् र दोस्रो तस्विरमा मीरा मन्दिर बाहिर उभिएकी छन्।
यी दुई तस्विर पोस्ट गर्दै आमा मीरा रौटेलाले छोरी उर्वशीलाई बधाई दिएकी छन्। यी तस्बिरहरू शेयर गर्दै मीराले क्याप्सनमा लेखेकी छिन्, ‘सबै ठिक छ छोरी, चिन्ता नगर।’
मीरा रौटेलाको यो पोस्टमा मानिसहरूले धेरै कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया दिइरहेका छन्।
मीरा रौटेलाको पोस्टकै कारण ट्रोल भइरहेकी छन्। यसमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखे, ‘जनतालाई धेरै राम्रो जवाफ, जय उत्तराखण्ड।’
त्यसैगरी अर्का एक प्रयोगकर्ताले लेखे, ‘अब ससुराको पोस्ट गर्ने पालो हो।’
ऋषभ पन्त र उर्वशी रौटेलाबीच प्रेमसम्बन्ध रहेको चर्चाका कारण पनि उर्वशीको आमाको पोस्ट भाइरल भइरहेको हो। यसअघि अस्पताल भर्ना भएकै दिन अभिनेत्री उर्वशीले प्रार्थना गर्दै गरेको तस्बिर राखेकी थिइन्। जुन एकदमै भाइरल भएको थियो।
पुष २५, २०७९ सोमबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।