जसपाले सरकारलाई विश्वासकाे मत दिने

जसपाले सरकारलाई विश्वासकाे मत दिने

काठमाडौं : जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

केहीबेर अघि सकिएको जसपाको संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रधानमन्त्री दाहालले मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विश्वासको मत लिँदैछन्। जसपासँग १२ जना सांसद छन्।

उनले जसपाले विश्वासको मत दिने निर्णय गरेकामा धन्यवाद दिँदै भोलि महत्वपूर्ण दिन हुने उल्लेख गरे।

अहिले सरकारको पक्षमा करिब १७० सांसद् देखिएका छन्। १० सिट भएको एकीकृत समाजवादीले पनि समर्थन गर्ने तयारी गरेको छ।

पुष २५, २०७९ सोमबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।