रोनाल्डोले अलनासरका लागि २२ जनवरीमा डेब्यु गर्ने पक्का, त्यसअघि पीएसजीसँग खेल्ने

रोनाल्डोले अलनासरका लागि २२ जनवरीमा डेब्यु गर्ने पक्का, त्यसअघि पीएसजीसँग खेल्ने

एजेन्सी : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा २२ जनवरीमा डेब्यु गर्ने भएका छन्।

इटिफाक विरुद्ध खेलमा अल नासरका लागि रोनाल्डोल डेब्यु गर्ने व्यवस्थापक रुडी गार्सियाले पुष्टि गरे।

पोर्चुगल फरवार्डलाई साउदी क्लबले गत हप्ता भव्य कार्यक्रमका बीच स्वागत गरेको थियो।

तर, अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेडको हारपछि एक प्रशंसकको हातबाट फोन खोसेर फुटाइदिएपछि उनी दुई खेलमा निलम्बनमा परेका थिए।

३७ वर्षीय रोनाल्डोले शुक्रबार फुटबल संघको दुई खेलको प्रतिबन्धको पहिलो खेल गुमाए। तर, उनले पेरिस सेन्ट जर्मेन विरुद्धको प्रदर्शनी खेलमा खेल्न सक्नेछन्।

लियोनेल मेस्सीको टिम पीएजीले जनवरी १९ मा रियादमा अल नासर र अल हिलालका खेलाडीहरू मिलेर बनेको टोलीसँग खेल्नेछ। यसमा रोनाल्डोले खेल्ने सम्भावना रहेको गार्सियाले बताए

उसले साउदी प्रो लिगमा एटिफाक विरुद्धको खेलमा पहिलो पटक अल नासर खेल्नेछ।

साउदी क्लबसँग २०२५ सम्म प्रतिवर्ष १७७ मिलियन पाउन्डभन्दा बढिको सम्झौतामा हस्ताक्षर गरेका रोनाल्डोले शनिबार अल शबाबविरुद्धको खेल भने गुमाउनेछन्।

पुष २५, २०७९ सोमबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।