एसबीआई बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत बोनस दिने
काठमाडौं : नेपाल एसबीआई बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत बोनस दिने भएको छ।
सोमबार काठमाडौंमा भएको साधारणसभाले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लि’को आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ।
सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा जाने सम्बन्धमा आवश्यक काम गर्नसक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
पुष २५, २०७९ सोमबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।