नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम एकताको आधार : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम आफूहरूको एकताको आधार भएको बताएका छन्।
सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले जनअभिमत अनुसारकै सरकार बनेको बताए।
‘जनताले यस्तै जनमत दिएपछि हामीले त्यसै अनुसारको सरकार बनाएका हौं,’ उनले भने, ‘फरक पृष्ठभूमिका दलहरूको एकताको आधार भनेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम हो।’
सरकारको अहिलेको प्राथमिकता भनेको राम्रो काम मात्रै गर्ने रहेको भन्दै उनले नराम्रो काम गर्नै नदिन आफूहरू सक्रिय रहेको बताए।
पुष २५, २०७९ सोमबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।