रगत, आक्रमण, र हिंसात्मक फुटेज नदेखाउन भारतका टेलिभिजनहरूलाई सरकारको निर्देशन

रगत, आक्रमण, र हिंसात्मक फुटेज नदेखाउन भारतका टेलिभिजनहरूलाई सरकारको निर्देशन

एजेन्सी : भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार सबै टेलिभिजन च्यानललाई निर्देशन जारी गरेको छ।

सरकारले टेलिभिजन च्यानलहरूलाई विचलित पार्ने भिडियो र फोटो प्रसारण नगर्न निर्देशन जारी गरेको हो।

कार्यक्रम संहिताविरुद्धको रगत, शव र शारीरिक आक्रमणका तस्बिरहरू चिन्ताजनक रहेको भन्दै सरकारले टेलिभिजन च्यानलहरूलाई प्रसारण नगर्न चेतावनी दिएको हो।

टेलिभिजन च्यानलहरूमा यस्ता धेरै घटनाहरूको फुटेज देखाएपछि मन्त्रालयले यो निर्देशन जारी गरेको हो।

सूचना तथा प्रसारण मन्त्रालयले सामाजिक सञ्जालबाट खिचिएका हिंसात्मक भिडियोहरू टेलिभिजन च्यानलहरूले विनासम्पादन नै प्रसारण गर्ने गरेकोले महिला तथा बालबालिकामा नराम्रो असर परेको बताएको छ।

मन्त्रालयले टेलिभिजन च्यानलहरूले चारैतिर मानिसको शव र रगतका थुप्रो, हिंसा लगायतका दुर्घटना र घाइतेको फुटेज र तस्बिर टिभीमा देखाइनु चिन्ताजनक भएको जनाएको छ।

रगत, शव र शारीरिक आक्रमणका तस्बिर टिभी च्यानलको कार्यक्रम संहिता विपरीत भएको मन्त्रालयले जनाएको छ। यस्ता हिंसात्मक र विचलित पार्ने समाचारले बालबालिकाको मनोविज्ञानमा प्रतिकूल प्रभाव पार्ने सल्लाहकारमा उल्लेख छ।

दिल्लीमा भएको १२ किलोमिटरसम्म गाडीमा बाँधेर घिसारेको भिडियो सामग्री टेलिभिजनमा देखाएपछि सरकारले यस्तो निर्देशन जारी गरेको हो।

पुष २५, २०७९ सोमबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।