भारतका २६० भन्दा बढि रेलसेवा अवरुद्ध
एजेन्सी : खराब मौसमका कारण सोमबार भारतीय रेलवेका २६० भन्दा बढी रेल सेवा अवरुद्ध भएको छ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार पञ्जाब, राजस्थान, बिहार, हरियाणा, दिल्ली र उत्तर प्रदेशमा भिजिबिलिटी कम भएकाले रेल सेवा प्रभावित भएका हुन्।
एक रेलवे अधिकारीले भने, ‘८२ एक्सप्रेस ट्रेनहरू, १४० यात्रु ट्रेनहरू र ४० उपनगरीय रेलहरू सहित कुल २६७ ट्रेनहरूको सेवा अवरुद्ध भएको छ।’
आइतबार खराब मौसमका कारण ३ सय ३५ रेल प्रभावित भएका छन्।
तीमध्ये, ८८ ट्रेनहरू रद्द गरिएका थिए, ३१ ट्रेनहरू डाइभर्ट गरिएका थिए र ३३ ट्रेनहरू विशेष रुटका लागि रद्द गरिएका थिए।
सोमबार, आगरा र भटिंडामा भिजिविलिटी शून्य किलोमिटरमा घट्यो जबकि पटियाला, चंडीगढ़, अम्बाला, भिवानी, सफदरजंग, रिज, गंगानगर, वाराणसी, फुर्सतगञ्ज र भागलपुरमा २५ मिटरसम्म थियो।
हिसार, कर्नाल, पालम, मेरठ, लखनऊ, बहराइच र पटनामा ५० मिटरको भिजिबिलिटी लेभल रेकर्ड गरिएको छ।
भारतका अत्याधिक शीतलहरका कारण २० भन्दा बढि मानिसको मृत्यु भइसकेको छ।
पुष २५, २०७९ सोमबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।