नेप्से ४६ अंकले बढ्याे, ५ अर्बमाथिकाे काराेबार
काठमाडौं : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।
सोमबार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।
नेप्से बढे पनि सोमबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। आइतबार करिब साढे ५ अर्बको शेयर खरिद बिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ।
त्यस्तै, विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढि बढेको छ।
सोमबार नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
पुष २५, २०७९ सोमबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।