हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा होः सीके राउत

हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा होः सीके राउत

काठमाडाैंः जनमत पार्टीका अध्यक्ष सीके राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास बताए।

नयाँ दलहरूसँग आवेग मात्र नभइ अग्रजप्रति पार्टीको सम्मान पनि भएकाे बताउँदै उनले भने, ‘हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रुपमा उपयोग गर्न सकौं।’ 

अध्यक्ष राउतले विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिक रूपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिए। उनले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने समेत उल्लेख गरे।

पुष २५, २०७९ सोमबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।