प्रतिनिधिसभा भंग गर्नु प्रतिगमन होइन, अन्यत्रबाट सरकार ढालियाे भने त्यो प्रतिगमन होः केपी ओली

प्रतिनिधिसभा भंग गर्नु प्रतिगमन होइन, अन्यत्रबाट सरकार ढालियाे भने त्यो प्रतिगमन होः केपी ओली

काठमाडाैंः एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन हुनु प्रतिगमन नभएकाे बताएका छन्। प्रतिनिधिसभाको सोमबारको पहिलाे बैठकमा उनले अहिलेको सत्तारुढ गठबन्धन प्रतिगमनको पक्षमा नरहेको समेत बताए।

ओलीले आफू प्रधानमन्त्री भएको बेला दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए। तर पहिलाे बैठकमा नै उनले त्यसबेलाकाे प्रतिनिधिसभा विघटन गलत नभएकाे स्पष्ट पार्न खाेजे।

‘प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन तर जनताका अधिकार खोसिनु चैं प्रतिगमन हो। जनताको अभिमतका लागि जनतामा जानु र सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन, ’ उनले भने, ‘संसद्‌बाट सरकार बन्नु र संसद्‌बाट सरकार ढल्नु प्रतिगमन होइन। अन्यत्रबाट सरकार ढाल्ने गरियो भने त्यो प्रतिगमन हो।’ 

ओलीले अहिलेको गठबन्धन प्रतिगमनमको पक्षमा नरहेकाे बताउँदै याे गठबन्धन कुठाउँबाट सरकार बनाउने पक्षमा नजाने बताए।

 

पुष २५, २०७९ सोमबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।