घरमै बसिरहेका पाण्डेलाई गोली हानेर हत्या, १५ वर्षपछि अभियुक्त शिवबालक

घरमै बसिरहेका पाण्डेलाई गोली हानेर हत्या, १५ वर्षपछि अभियुक्त शिवबालक

काठमाडौं : कपिलवस्तुमा हत्यामा संलग्न व्यक्तिलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

कपिलवस्तु मायादेवी गाउँपालिका–८ मा रामेश्वर पाण्डेको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा रूपन्देही सांस्कृतिक नगरपालिका–७ कर्महवा बस्ने ५६ वर्षीय शिवबालक चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

२०६४ कात्तिक १० गते राति मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले गोली प्रहार गरी पाण्डेको हत्या गरेका थिए। 

घटनामा संलग्न चौधरी रुपन्देही एरियामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई कर्महवाबाट पक्राउ गरको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ।

पुष २५, २०७९ सोमबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।