हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो
काठमाडौं: सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ। आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो।
सङ्घका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु ८८५ भाडा घटेको छ। यो गन्तव्यका लागि रु सात हजार ५१० कायम भएको छ। काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार १४० कायम भएको छ।
काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा रु ६८५ भाडा घटेर अधिकतम रु १४ हजार २०५ कायम भएको छ।
काठमाडौं–सिमरामा रु १८० भाडा घटेको छ। त्यस्तै काठमाडौं–भद्रपुरमा रु ६ सय, काठमाडौं–विराटनगरमा रु ४८५, काठमाडौं–जनकपुरमा रु २६०, काठमाडौं–भरतपुरमा रु २१५ र काठमाडौं–पोखरामा रु ३२० भाडा घटेको छ।
पुष २५, २०७९ सोमबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।