प्रतिपक्षी बेञ्चमा बस्ने समाचारको खण्डन गर्दै प्रभु साहले भने- 'चरित्र हत्या गर्ने षड्यन्त्र भयो'

प्रतिपक्षी बेञ्चमा बस्ने समाचारको खण्डन गर्दै प्रभु साहले भने- 'चरित्र हत्या गर्ने षड्यन्त्र भयो'

काठमाडौं: आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले केही सञ्चारमाध्यमले सुनियोजितरूपमा चरित्र हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्। रौतहट क्षेत्र नम्बर ३ का सांसद समेत रहेका साहले पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए।

तर, केही अनलाइन सञ्चारमाध्यममा साहले प्रतिपक्षी बेञ्च रोजेको समाचार प्रकाशन भएपछि साहले उक्त समाचारको खण्डन गर्दै सार्वजनिकरूपमा माफी माग्न ध्यानाकर्षण गराएका हुन्। उनले सरकारलाई दिएको समर्थन कायमै छ।

साहले आफ्नो फेसबुकमार्फत उक्त समाचार भ्रमपूर्ण र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, "मेरो नाम जोडी संसद्को प्रतिपक्षमा बस्ने भनी आएको संसद् सचिवालय र अनलाइनखबरको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसरी मेरो चरित्र हत्याको दुस्प्रयास गर्नु खेदजनक विषय रहेकोले शीघ्र सार्वजनिकरूपमा माफी माग्दै तत्काल स्टेटमेन्ट/समाचारमा सुधार गर्न माग गर्दछु।"

पुष २५, २०७९ सोमबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।