पब्जी विश्वकपमा दोस्रो भयो नेपाल, पुरस्कारबापत पायो दुई करोड ६० लाख

पब्जी विश्वकपमा दोस्रो भयो नेपाल, पुरस्कारबापत पायो दुई करोड ६० लाख

काठमाडौं: अनलाइन खेल पब्जीको विश्वकपमा नेपाली टोलीले दोस्रो स्थान हात पारेको छ। नेपालको टोली डीआरएस गेमिङले इण्डोनेसियामा आयोजना भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा दोस्रो स्थानमा आएको हो।

च्याम्पियनशिपको उपाधि भने टर्कीको एसटुजी ई स्पोर्ट्सले जितेको छ। यस्तै तेस्रो स्थानमा ब्राजिलको अल्फा सेभेन ई स्पोर्ट्स रहेको छ।

डीआरएसको टोलीमा दिपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र सङ्गीन भट्टराई रहेका थिए। इन्डिभिजुअल अवार्डतर्फ भने नेपाली खेलाडीले कुनै पनि उपाधि जित्न सकेनन्।

पुरस्कारबापत नेपाली टोलीले दुई लाख अमेरिकी डलर प्राप्त गरेको छ। यो भनेको आजको विनिमय दरअनुसार दुई करोड ६० लाख हुन जान्छ।

सोही प्रतियोगितामा नेपालकै टोली टीटुके ई स्पोर्ट्स १३औँ स्थान हासिल गर्न सफल भयो।

पुष २५, २०७९ सोमबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।