सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ।

यस्तै तराईका भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पुष २५, २०७९ सोमबार ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।