कोरोना विरुद्धको खोप नलगाउनेलाई खोजी- खाेजी खोप लगाउँदै छ चीन सरकार

कोरोना विरुद्धको खोप नलगाउनेलाई खोजी- खाेजी खोप लगाउँदै छ चीन सरकार

एजेन्सीः चीनले पछिल्लो समयमा त्यहाँ बढिरहेकाे काेराेना सङ्क्रमण नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ। चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा यस कुरामा जोड दिएकाे हाे।

सो प्रोटोकलअनुसार स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएका मानिसहरुको खोजी गरी सो खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरुलाई सो खोप लगाएको ६ महिनापछि अर्को मात्रा लगाइने जनाएका हुन्।

त्यस प्रोटोकलअनुसार कोभिड नियन्त्रण सम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड दिएको छ। सो उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरुलाई पनि दोस्रो मात्रा दिइनुपर्ने विभागले जनाएको छ।

पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोनाका सङ्क्रमितहरु बढिरहेका बताइएको छ। त्यसैले चीन सरकारले यो नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेको जनाएको हाे।

पुष २४, २०७९ आइतबार २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।