पेट्रोल, डिजेल र मट्टितेलमा घट्यो ३/३ रुपैयाँ
काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल थापा (प्रचण्ड) काे निर्देशन पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएकाे हाे।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ।
त्यसैगरि, हवाई इन्धनमा भने प्रतिलिटर आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ ३० रुपैयाँ घटेकाे छ।
पुष २४, २०७९ आइतबार २०:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।