सेनेगलमा दुईवटा बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु, ९० घाइते

सेनेगलमा दुईवटा बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु, ९० घाइते

एजेन्सीः मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुईवटा बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन्। एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए।

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको थियाे। 

यो हालैका वर्षहरूमा सेनेगलमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्युकाे सङ्ख्या हो। सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरू बताउँछन्। 

पुष २४, २०७९ आइतबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।