जन्मकैदको फैसला सुनाइएका फरार हत्यारा २३ वर्षपछि पक्राउ

जन्मकैदको फैसला सुनाइएका फरार हत्यारा २३ वर्षपछि पक्राउ

कास्कीः २३ वर्षअघि हत्या गरि फरार रहेका उमेश गिरीलाई प्रहरीले पक्राउ परेका छ। उनी २०५६ सालमा पोखरा तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीलाई सामूहिक हत्या गरी फरार भएका थिए।

पोखरा-३ नदिपुर घर भएका गिरीलाई शनिबार भरतपुर महानगरपालिका-१२ बाट पक्राउ गरिएको हो। गिरी सहितको समूहले २०५६ साल साउन २२ गते ताज पुलमा छुरा, खुकुरी र फलामको रड प्रहार गरि राजेश थकालीकाे हत्या गरेका थिए। हत्या पछि अन्य व्यक्तिहरू पक्राउ परेपनि गिरी अहिलेसम्म नै फरार रहेका थिए।

यसअघि प्रहरीले राजेश थकालीको हत्या गर्नेमा पेले भन्ने प्रेम कुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मी प्रसाद पराजुली, डिके भन्ने डिक प्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरीलाई पक्राउ गरिसकेको छ।

फरार रहेका गिरीलाई जिल्ला अदालत कास्कीले २०६६ फागुन २७ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। थकालीको हत्यापछि गिरीले रोजगारीसँगै भाग्ने योजनामा कतार पुगेर १० वर्ष बिताएका थिए।

त्यसपछि उनी तीन वर्ष इराक, २ वर्ष अफगानिस्थान पुगेको खुलेको छ। अफगानिस्थानबाट फर्किएर अभियुक्त गिरी विगत ७/८ वर्ष अघिदेखि चितवनमा बस्दै आएका थिए। 

पुष २४, २०७९ आइतबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।