राहदानी वितरणमा देखिएको समस्या हट्याे, मोबाइलमा सन्देश आएपछि लिन जान सकिने
काठमाडौंः राहदानी विभागले केही दिनयता राहदानी वितरणमा देखिएको समस्या समाधान भएकाे बताएकाे छ। विभागले आइतबार विज्ञप्ति जारी गर्दै पुस १७ देखि विद्युतीय राहदानी लिनका लागि प्रमाणीकरण गर्ने प्रक्रियामा आएको सुस्तता हाललाई समाधान भएको जनाएको हो।
अब राहदानी लिनका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा सन्देश प्राप्त भएपछि अथवा नेपाल इ-पासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपश्चात् राहदानी लिन आउन सक्ने विभागले जनाएकाे छ।
विभागका अनुसार यस समस्या समााधान गर्न नेपालको राहदानी छाप्ने र प्राविधिक पक्षसमेत हेर्ने जिम्मा पाएको फ्रेन्च कम्पनी आइडिमियाको प्राविधिक टोली गत शुक्रबार सिंगापुर र भारतको बैंग्लोरबाट आएको थियो।
पुष २४, २०७९ आइतबार १९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।