एमाले नेता हिक्मत कार्कीले गरे प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस
काठमाडाैंः एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। प्रदेशसभाकाे सबैभन्दा ठूलो दल एमालेका नेता कार्कीले आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।
उनले ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी दिएका हुन्। कार्कीसँग एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन छ।
प्रदेशकाे मुख्यमन्त्री नियुक्त गर्नका लागि दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिइएकाे थियाे।
पुष २४, २०७९ आइतबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।