सेयर बजारकाे उकालाे यात्रा कायमै, साताको पहिलो दिन ५ अर्ब बढीकाे काराेबार
काठमाडाैंः गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन (आज) आइतबार पनि बढेको छ। आज नेप्से परिसूचक २०.६८ अंकले बढेर २१ सय ६४.६१ अंकमा कायम भएको हो।
आज ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। जसमा २५९ वटा कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता सेयर खरिद–बिक्री भए।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६८.९८ अंकले बढेको छ। आज न्यादी ग्रुप पावर लिमिटेड र बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु २१ करोड २९ लाख ५२ हजार र शिवम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार बरारबरको कारोबार भएको छ।
पुष २४, २०७९ आइतबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।