‘कालिञ्चोक दर्शन’ काे आईपीओ खुल्याे, माघ ३ गतेदेखि आवेदन दिन सकिने

‘कालिञ्चोक दर्शन’ काे आईपीओ खुल्याे, माघ ३ गतेदेखि आवेदन दिन सकिने

काठमाडाैंः कालिञ्चोकमा केवलकार चलाइरहेकाे कम्पनी, कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) को बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरमा ८ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो।

निष्कासन गरिने सेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

कम्पनीले दोलखाको कुरीबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ। कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस् आइआर’ प्रमाणपत्र प्रदान गरेको छ। 

कम्पनीले आफ्नो जारी पुँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ। 

पुष २४, २०७९ आइतबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।