जनमत र नागरिक उन्मुक्ति पार्टीले गरे मोर्चाबन्दी, रेशम चौधरीलाई छुटाउन दबाब दिने याेजना

जनमत र नागरिक उन्मुक्ति पार्टीले गरे मोर्चाबन्दी, रेशम चौधरीलाई छुटाउन दबाब दिने याेजना

काठमाडाैंः जनतासँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिने भन्दै तराईका दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले माेर्चाबन्दी गरेका छन्। आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका यी दुई दलकाे पहिलाे याेजना नै रेशम चौधरीसँगै टीकापुर घटनाका बन्दीहरूको रिहाइका लागि पहल गर्ने रहेकाे छ।

आइतबार मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति अनुसार जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सम्झाैता पत्रमा हस्ताक्षर गरे।

जस अनुसार दुवै दलले आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता गराउने, रेशम चौधरीसँगै टीकापुर घटनाका बन्दीको रिहाइका लागि पहल गर्ने, नागरिकता विधेयक पास गराउने, किसान आन्दोलनका मुद्दा कार्यान्वयन गर्न दबाब दिने लगायतका विषयमा सहमति गरेका छन्।

संयुक्त रुपमा जारी भएकाे विज्ञप्तिमा भनिएकाे छः ‘हामी विशेषगरी जनतासँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, थारू, अल्पसंख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन यी दुई पार्टीको बीचमा मोर्चाबन्दी गर्दै अगाडि बढ्न सहमत छौं।’ 

पुष २४, २०७९ आइतबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।