प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र उपेन्द्र यादवको भेट, विश्वासको मत दिने

प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र उपेन्द्र यादवको भेट, विश्वासको मत दिने

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको भेटवार्ता भएको छ। आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। यही पुस १० गते १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।

यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि औपचारिक छलफल समेत सुरु हुने आजको भेटवार्ताले तय गरेको छ। यी दलबीच एकताका लागि वार्ता समिति समेत गठन गरिएको छ।

पुष २४, २०७९ आइतबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।