रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं: निर्वाचन आयोगले माघ २५ गते हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै आयोगले पुस २५ देखि २८ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन आह्वान गरेको हो।

लुम्बिनी प्रदेशबाट निर्वाचित एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गत प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न भन्दै पदबाट राजीनामा दिएका थिए। सोही रिक्त स्थानका लागि उपनिर्वाचन हुन लागेको हो।

 

पुष २४, २०७९ आइतबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।