सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गर्न लोसपाको कार्यकारिणी समितिको बैठक बस्ने

सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गर्न लोसपाको कार्यकारिणी समितिको बैठक बस्ने

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल गर्न आज पार्टीको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्नेछ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन समीक्षामा पनि छलफल केन्द्रित हुने बताइएको छ।

पुष २४, २०७९ आइतबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।