पार्टी एकताको विषयमा छलफल गर्न नेसपाको राजनीतिक समितिको बैठक बस्दै
काठमाडौं: नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजेबाट पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बैठक सुरु हुनेछ।
माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा छलफल चलिरहँदा पार्टीको राजनीतिक समितिको बैठक बस्न लागेको हो। आजको बैठकमा पनि यही विषयमा छलफल हुने बताइएको छ।
समाजवादी धारको नेतृत्त्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा मुख्यरूपमा छलफल हुने भएको छ। यस्तै नेसपाले यस विषयमा थप कदम चाल्न संवाद समिति पनि गठन गर्ने भएको छ।
यस्तै पार्टी सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, निर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत विभिन्न अजेण्डाहरूमाथि पनि आजको बैठकमा छलफल हुने भएको छ।
पुष २४, २०७९ आइतबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।