विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति प्रदान हुने, सातै प्रदेशमा सेवा विस्तार

विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति प्रदान हुने, सातै प्रदेशमा सेवा विस्तार

काठमाडौं: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट प्रदेश १ को राजधानी विराटनगर र मधेश प्रदेशको राजधानी जनकपुरबाट समेत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट आजबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने भएको हो।

गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट यसअघि नै संस्थागत र व्यक्तिगत तथा पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ। यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान गरिँदै आएको छ।

योसँगै अब सातै प्रदेशमा श्रम स्वीकृति लिन सकिने भएको छ भने अनलाइनमार्फत नै झन्झटबिना सेवा प्राप्त गर्न सकिनेछ।

पुष २४, २०७९ आइतबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।