गठबन्धन बनाउने र भत्काउने काममा छैनौँ: कांग्रेस सचेतक लेखक

गठबन्धन बनाउने र भत्काउने काममा छैनौँ: कांग्रेस सचेतक लेखक

काठमाडौं: नेपाली कांग्रेसले आफूहरू कुनै पनि गठबन्धन बनाउने र भत्काउने काममा नलागेको जनाएको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि पार्टीका मुख्य सचेतक रमेश लेखकले यस्तो बताएका हुन्।

“हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौँ”, लेखकले भने।

यही पुस २५ गते प्रतिनिधि सभाको बैठक बस्नेछ। त्यसैको तयारीस्वरूप आज कांग्रेस संसदीय दलको बैठक बसेको थियो। 

यस्तै पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। कांग्रेस संसदीय दलको अर्को बैठक पनि पुस २६ गते नै बस्नेछ। “विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ”, मुख्य सचेतक लेखकले भने।

यस्तै आजको बैठकमा सङ्घीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा समेत जानकारी गराइएको लेखकले बताए।

पुष २३, २०७९ शनिबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।