सलमान खानमाथि नाबालिगलाई यौन शोषण गरेकाे आरोप

सलमान खानमाथि नाबालिगलाई यौन शोषण गरेकाे आरोप

काठमाडौं : बलिउड अभिनेता सलमान खानमाथि यौन शोषणको आरोप लागेको छ।

अभिनेत्री सोमी अलीले सलमाानले आफूलाई ८ वर्षसम्म यौन शोषण गरेको आरोप लगाएकी हुन्। बलिउडलाइफका अनुसार सोमी र सलमानको सम्बन्ध ८ वर्षसम्म चलेको थियो।

हालै सोमीले आफ्नो इन्स्टाग्राम पोस्टमार्फत सलमान खानमाथि सम्बन्धका क्रममा दुर्व्यवहार र यौन शोषणा गरेको आरोप लगाएकी हुन्।

अमेरिका बस्दै आएकी सोमी अलीले आफ्नो इन्स्टाग्राममा पोस्ट शेयर गर्दै लेखेकी छन्, ‘भारत जाने मेरो एउटै उद्देश्य सलमानसँग विवाह गर्ने थियो। म १६ वर्षकी एकदमै सोझी केटी थिएँ। आफ्नो क्रस सलामानलाई भेट्ने अनि अमेरिकामा विवाह गर्ने सपना थियो मेरो। अहिले सुन्दा हास्याँस्पद लाग्छ तर त्यतिबेला उनी फिल्ममा अभिनय गरेको पात्रभन्दा वास्तविक जीवनमा बिल्कुलै फरक थिए। तर त्यो बुझ्नेबेला मेरो भइसकेको थिएन।’

सोमी अलीले आफ्नो पोस्टमा सलमान खानसँग बिताएका ८ वर्ष उनको जीवनको सबैभन्दा खराब अवस्था भएको बताएकी छन्। 

उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘यति धेरै अफेयर र झगडाका बाबजुद पनि उसले मलाई सधैँ तल पार्यो। मलाई कुरूप र बेवकूफ भन्यो। यी ८ वर्षमा हरेक दिन उसले मलाई सानो महसुस गरायो। वर्षौंदेखि सार्वजनिक रूपमा स्वीकार नगरेको उसले स्वीकार गरेपछि मलाई साथीहरूको अगाडि सधैँ अपमान गर्यो। सलमान केही अभिनेता वा घरपालुवा जनावरहरूप्रति दयालु हुनसक्छ, तर अरूका लागि उ सधैँ क्रुर नै छ। उसले अरूको करियर बर्बाद गर्न आफ्नो शक्ति प्रयोग गरिरहेको छ।’

सोमी अलीले आफ्नो पोस्टमा अगाडि भन्छिन्, ‘म आफ्नो आत्मसम्मान फिर्ता पाउन चाहन्छु र न्याय खोज्दैछु। म चाहान्छु कि उसले आफ्नो गल्ती स्वीकार गरोस् र सबैको अगाडि मसँग माफी मागोस्। तर मलाई थाहा छ सलमानजस्तो मान्छेले यस्तो काम कहिल्यै गर्दैन।’

सलमान खानको बलिउडका चर्चित नायिकाहरू ऐश्वर्या राय, कट्रिना कैफदेखि संगीता बिजलानी लगायका कालकारहरूसँग जोडिँदै आएको छ। तर उनले हालसम्म कुनै पनि सम्बन्ध स्वीकार गरेका छैनन्।

पुष २३, २०७९ शनिबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।