सरकारविरोधी प्रदर्शनमा सहभागी २० र २२ वर्षका दुई युवकलाई इरानमा फाँसी

सरकारविरोधी प्रदर्शनमा सहभागी २० र २२ वर्षका दुई युवकलाई इरानमा फाँसी

एजेन्सी : इरानमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएर सुरक्षाकर्मीको हत्या गरेको भन्दै दुई जनालाई फाँसी दिइएको छ।

महसा अमिनी नामकी महिलाको हिरासतमा मृत्यु भएपछि सुरु भएको राष्ट्रव्यापी विरोधका क्रममा यी दुई जना प्रदर्शनमा सहभागी भएका थिए। उनीहरूमाथि आन्दोलनका क्रममा सुरक्षाकर्मीको हत्या गरेको आरोप लागेको थियो।

इरानको न्याय विभागका अधिकारीहरूले मृत्युदण्डको सजाय सुनाइएका दुई व्यक्तिको नाम मोहम्मद मेहदी करामी र सैयद मोहम्मद होसेनी रहेको बताएका छन्।

मोहम्मद मेहदी करामीको उमेर २२ वर्ष र सैयद मोहम्मद हुसैनीको २० वर्ष रहेको बताइएको छ।

तेहरान नजिकैको काराज शहरमा सरकार विरोधी प्रदर्शनका क्रममा बसिज मिलिशियाका एक सदस्यको हत्या गरेको अभियोगमा ती दुई जनालाई दोषी ठहर गरिएको थियो।

मोहम्मद मेहदी करामीका वकिलले यस सजायको विरोधमा करामीका पिता अनशन बसेको बताएका छन्।

डिसेम्बरमा, बसिज मिलिशियाका सदस्यहरूलाई आक्रमण गरेको आरोपमा दुई जनालाई फाँसी दिइएको थियो। दुवैको उमेर पनि २० वर्षको हाराहारीमा थियो।

पुष २३, २०७९ शनिबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।