विराटनगर नेपाल टी–२० लिगको प्लेअफमा, काठमाडाैंलाई पाेखराकाे भर
काठमाडौं : काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी–२० लिगको प्लेअफ पुगेको छ।
काठमाडौंले प्लेअफमा स्थान बनाउन अर्को खेलमा पोखरा एभेन्जर्स फारवेस्टर्न यूनाइटेडसँग पराजित हुनुपर्नेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो।
विराटनगरका कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको इनिङ खेले। ओपनर अर्जुन साउद १० रनमा आउट हुँदा गौरान्सु शर्माले ५१ रनको अविजित इनिङ खेले। हुसेन टलत २१ रनमा पभेलियन फर्कँदा विवेक यादव १० रनमा अविजित रहे।
काठमाडौंका अविनाश बोहराले दुई विकेट लिए।
त्यसअघि, टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो।
काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे। सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे।
विराटनगरका राज ननन्ले ४ विकेछ लिँदा नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए।
विराटनगर १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो। १० खेलमा ४ जित निकालेको काठमाडौंको ८ अंक रहेको छ।
पोखराको ६ र फारवेस्टको ४ अंक रहेको छ। काठमाडौं प्लेअफ पुग्न पोखरा आज हुने दोस्रो खेलमा फारवेस्टसँग पराजित हुनुपर्नेछ।
पुष २३, २०७९ शनिबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।