‘भ्यालेन्टाइन डेमा बिदा पाउनैपर्छ भन्ने ग्रुप तयार भैराछ, पृथ्वीजयन्तीमा बिदा दिए हुन्छ’
काठमाडौं : एमाले पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले पृथ्वीनारायण शाहलाई सम्मान दिँदैमा राजतन्त्र नफर्किने बताएका छन्।
पुस २७ गतेको पृथ्वी जयन्तीमा राष्ट्रिय बिदाको विषयमा बहस चल्दै गर्दा बाँस्कोटाले यस्तो बताएका हुन्। उनले सरकारले सार्वजनिक बिदा दिनुपर्ने तर्क गरेका छन्।
पृथ्वीनारायण शाह नेपाल एकीकरणको आरम्भकर्ता भएकाले उनलाई राज्यले सम्मान दिनुपर्ने उनले बताए।
‘उस्तै परे भ्यालेन्टाइन डेमा त बिदा पाउनैपर्छ भन्ने ग्रुप तयार भैराछ,’ उनले लेखेका छन्, ‘उनी(पृथ्वीनारायण शाह) त नेपाल एकीकरणका आरम्भकर्ता हुन्, उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन।’
पुष २३, २०७९ शनिबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।