जसपाले थाल्यो विधान अधिवेशनको तयारी
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालले विधान अधिवेशनको तयारी थालेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो सांगठनिक अनुभव, प्रमख राजनीतिक दलका सांगठनिक पद्दति र संरचनाबारे अध्ययन थालेको छ।
साथै संघीय र समाजवादी मुलुकका तत् सम्बन्धि दस्तावेजहरू पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ।
पार्टीको राजनीतिक समितिले संगठनहरू गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन, समितिहरू र भ्रातृ संगठनहरूसँंग अभिलेख माग्ने काम भइरहेको छ।
आगामी चैतसम्ममा विधान अधिवेशन गर्ने र जेठमा महाधिवेशन गर्ने पार्टीको तयारी छ।
पुष २३, २०७९ शनिबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।