स्ट्यान्डमा बसेर अल नासरको जित हेरिरहे निलम्बित रोनाल्डो

स्ट्यान्डमा बसेर अल नासरको जित हेरिरहे निलम्बित रोनाल्डो

एजेन्सी : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको नयाँ क्लब अल नासरले शुक्रबार अल ताईलाई २–० गोल अन्तरले पराजित गर्दा निलम्बित उनी स्ट्यान्डबाट खेल हेरिरहेका थिए।

अप्रिलमा एभर्टनमा म्यानचेस्टर युनाइटेडको हारपछि एक फ्यानको हातबाट फोन खोसेर फुटाएदिएपछि इङ्ल्यान्डको फुटबल संघ (एफए)दे उनलाई दुई खेलमा निलम्बन गरेको थियो।

खेलाडीहरूको स्थिति र स्थानान्तरणमा फिफाको नियमअनुसार, खेलाडीहरूलाई उनीहरूको पूर्व क्बलद्वारा जारी गरिएको चार खेलसम्मको कुनै पनि स्वीकृति नयाँ क्लबद्वारा लागू गरिनुपर्छ।

सोहि अनुसार निलम्बनको सजाय अहिले उनले साउदी प्रो लिगमा भोगिरहेका छन्। उनले पहिलो खेल स्ट्यान्डबाटै हेरे भने दोस्रो पनि त्यसै गर्नुपर्नेछ।

अल ताई विरुद्धको खेल सुरुमा बिहीबारका लागि तय गरिए पनि भारी वर्षा र स्टेडियमको बिजुलीलाई असर गरेको भन्दै २४ घण्टा पछि सारिएको थियो।

स्ट्यान्डमा बसेर खेलअघि फ्यानहरूलाई हात हल्लाएपछि रोनाल्डो पनि प्रशिक्षण कक्षबाट त्यसको केही अंश हेरिरहेका थिए।

अल नासरका दुवै गोल ब्राजिलका तालिस्काले गरेका थिए।

रोनाल्डोले रियादका प्रतिद्वन्द्वी अल शबाबविरुद्धको जनवरी १४ मा हुने अल नासरको खेल पनि गुमाउने छन्। आफ्नो नयाँ क्लबबाट खेल्ने उनको पहिलो मौका जनवरी २२ मा मिसूल पार्कमा अल–एत्तिफाकसँग हुनेछ।

साउदीको राजधानीको किङ फहद इन्टरनेशनल स्टेडियममा जनवरी १९ मा पेरिस सेन्ट जर्मेन र लियोनल मेस्सीविरुद्ध हुने मैत्रीपूर्ण खेलमा रोनाल्डोले साउदी रियाद सिजनको छनोट टोलीका लागि खेल्ने सम्भावना पनि छ।

डिसेम्बर ३० मा रोनाल्डोलाई साउदीको अल नासर क्लबले वार्षिक ७५ मिलियन डलरमा साढे दुई वर्षका लागि अनुबन्ध गरेको थियो।

पुष २३, २०७९ शनिबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।