विमानमै वृद्ध महिलामाथि पिसाब गर्ने आरोपीका बुवाले के भने?

विमानमै वृद्ध महिलामाथि पिसाब गर्ने आरोपीका बुवाले के भने?

एजेन्सी : नोभेम्बर २०२२ मा एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलालाई पिसाब गरेका एक व्यक्तिका बुवाले आफ्नो छोरामाथि लगाइएको आरोपलाई झुटो भनेका छन्।

समाचार एजेन्सी एएनआईलाई शुक्रबार दिएको अन्तर्वार्तामा उनले भने, ‘मलाई लाग्दैन उसले यस्तो गरेको होला। उनी (पीडित) ७२ वर्षीया महिला हुन्, जो उसको आफ्नी आमाजस्तै हुन्।’

उनले अगाडि भने, ‘मेरो छोरा ३०–३५ घण्टादेखि सुतेको थिएन। बेलुकाको खानापछि उसले क्रुले दिएको पेय खाएको र त्यसपछि सुत्यो। उठेपछि एयरलाइन्सका कर्मचारीले उसँग सोधपुछ गरे।’

अभियुक्तका बुवाले अगाडि थपे, ‘पीडित भनिएकी वृद्धाले आफ्नो छोरासँग पैसा मागेकी थिइन्, जुन दिइयो। त्यसपछि के भयो थाहा छैन। सायद त्यसपछि उनले मागेको कुरा नदिएपछि ब्ल्याकमेलिङ भइरहेको थियो।’

अर्कोतर्फ, दिल्ली पुलिसले आरोपीका बुवालाई सोधपुछको लागि समन पठाएको छ। शुक्रबार दिल्ली पुलिसले यस मामिलामा मुम्बईमा दुई जनालाई सोधपुछ गरेको छ।

छोराहरू अहिले कहाँ छन् भनेर सोध्दा उनले आफूलाई पनि केही थाहा नभएको बताए।

उनले भने, ‘हामी पनि उ(छोरा)सँग कुरा गर्ने प्रयास गरिरहेका छौं। मलाई थाहा छैन। अहिले बाहिर आइरहेका कुराहरू सत्य होइनन्।’

भएको के थियो?
नोभेम्बर २६ मा, न्यूयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको विमानमा मुम्बईका एक व्यक्तिले एक वृद्ध महिलामाथि पिसाब गरेको आरोप छ।

घटनामा एयर इन्डियाको उजुरीपछि दिल्ली प्रहरीले बुधबार एफआईआर दर्ता गरेको थियो। यसअघि पनि घटनाका लागि माफी माग्दै अभियुक्तले पीडितलाई उजुरी नगर्न आग्रह गरेका थिए। उनले आफ्नी श्रीमती र छोराछोरीलाई यो विषयबाट प्रभावित नहोस् भन्ने आफू नचाहेको बताएका थिए।

अमेरिकी वित्तीय सेवा कम्पनी ‘वेल्स फार्गो’ले अभियुक्तलाई बर्खास्त गरेको पनि शुक्रबार खबर आएको थियो। कम्पनीले उनीमाथि लागेका आरोपहरू चिन्ताजनक रहेको बताएको थियो।

पुष २३, २०७९ शनिबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।