छिमेकी युवतीको विषयमा छोराले सामाजिक सञ्जालमा लेखे, विवादपछि झडप हुँदा बुवाको मृत्यु

छिमेकी युवतीको विषयमा छोराले सामाजिक सञ्जालमा लेखे, विवादपछि झडप हुँदा बुवाको मृत्यु

बुटवल : छिमेकी युवतीको विषयमा छोराले चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा लेखेको विषयमा विवादपछि झडप हुँदा बुटवलमा एक वृद्धको ज्यान गुमेको छ।

बुटवल उप–महानगरापलिका–१३ नागरिक टोलका ६० वर्षीय यमप्रसाद नेपालका छोराले छिमेकी एक युवतीको विषयमा चरित्र हत्या हुने गरी विभिन्न सामग्री सामाजिक सञ्जालमा लेखेपछि छलफलका लागि भन्दै दुई पक्ष भेला भएका थिए।

छलफलका क्रममा शुक्रबार साँझ विवादपछि झडप हुँदा नेपालको उपचारको क्रममा एडमन्ड सीटी अस्पतालमा निधन भएको हो।

घटनामा संलग्न रहेको अरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डे, खेम पाण्डे, अमृत पराजुली र अनिल पराजुलीलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

पुष २३, २०७९ शनिबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।