आजकाे माैसम : पानी पर्ने सम्भावना छैन, काठमाडाैंकाे तापक्रम हिजाेकाे भन्दा घट्याे
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केहि भू–भागमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
यस्तै, राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार अहिले पानी पार्ने प्रणाली सक्रिय नभएकाले पानी पर्ने सम्भावनासमेत छैन।
शुक्रबारको तुलनामा काठमाडौंको तापक्रम केही घटेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री कायम भएकोमा शनिबार विहान पौने ६ बजे ३.३ डिग्री मापन गरिएको पौडेलले बताए।
यसवर्ष काठमाडौंमा सबैभन्दा कम तापक्रम गत बिहीबार मापन गरिएको थियो। उक्त तापक्रम ३ डिग्री सेल्सियससम्म झरेको थियो।
पुष २३, २०७९ शनिबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।