विमानमै वृद्ध महिलामाथि पिसाब गर्ने व्यक्ति जागिरबाट बर्खास्त

विमानमै वृद्ध महिलामाथि पिसाब गर्ने व्यक्ति जागिरबाट बर्खास्त

एजेन्सी : एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब गरेको आरोप लागेका व्यक्तिलाई उनको रोजगारदाताले कारबाही गरेको छ।

कम्पनीले उनलाई बर्खास्त गरेको जानकारी दिएको छ। अमेरिकी वित्तीय सेवा कम्पनी ‘वेल्स फार्गो’ले शुक्रबार शंकर मिश्रालाई बर्खास्त गरेको बताएको छ।

‘व्यक्तिलाई बर्खास्त गरिएको छ,’ वेल्स फार्गोले एक विज्ञप्तिमा भन्यो, ‘उनी विरुद्धका आरोपहरू गम्भीर छन्।’

कम्पनीले अनुसन्धान एजेन्सीसँग सहकार्य गरिरहेको जनाएको छ।

यसअघि मिश्रले घटनाप्रति माफी मागेका थिए र महिलालाई उजुरी नगर्न आग्रह गरेका थिए। यस घटनाबाट श्रीमती र छोराछोरी प्रभावित नहोस् भन्ने आफू नचाहेको मिश्रले बताए।

एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो।

नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको विमानमा मिश्राले एक वृद्ध महिलालाई पिसाब गरेको आरोप लागेको थियो।

पुष २३, २०७९ शनिबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।