युवा समूहको आक्रमणमा ५५ वर्षका यमप्रसाद मारिए

युवा समूहको आक्रमणमा ५५ वर्षका यमप्रसाद मारिए

बुटवल : बुटवल बेलबासमा एक जनाको हत्या भएको छ। स्थानीय केही युवाहरूको समूहले आक्रमण गर्दा ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको हो।

आक्रमणमा परि उनका दुई छोराहरू दिवस नेपाल, दीपेश नेपाल घाइते भएको प्रहरीले बताएको छ। घरायसी विवादले अग्ररुप लिँदा स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएको ५/७ जनाको टोलीले यमप्रसाद माथि आक्रमण गरेको बताइएको छ।
आक्रमणबाट बेहोस भएका उनलाई नजिकैको एडमण्ड सिटी हस्पिटलमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। आक्रमणकारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख दान बहादुर थापाले बताए।

पुष २२, २०७९ शुक्रबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।