माधव नेपाल भन्छन्- एमालेसँग एकता गर्ने विषयमा केही कुरा भएकाे छैन
काठमाडाैंः एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रति आफू व्यक्तिगत रुपमा सकारात्मक रहेको बताएका छन्।
सरकारलाई विश्वासको मत दिने विषयमा भने विश्लेषण गरेर मात्रै निर्णय गर्ने उनले बताए। सरकार कुन ढंगले अगाडि बढ्छ त्यसै अनुसार मात्र विश्वासको मत दिने कि नदिने भन्नेबारे थाहा हुने उनले उल्लेख गरे।
शुक्रबार सर्वदलीय बैठकपछि पत्रकारहरूसँग बाेल्दै उनले एमालेसँग एकता गर्ने विषयमा कसैसँग पनि केही कुरा नभएकाे समेत बताए। उनले बाहिरकाे कुरा सबै हल्ला भएकाे समेत स्पष्ट पारे।
पुष २२, २०७९ शुक्रबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।