रविकाे मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने
काठमाडौंः गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ। यस मुद्दामा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको थियाे।
अन्तरिम आदेश दिन नदिएपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि सर्वोच्च माघ ११ गतेकाे मिति ताेकेकाे हाे।आज अन्तरिम आदेश नआएपछि उनको सांसद पद कायमै रहेको छ।
लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्ने अस्विकार गरेको थियाे।
पुष २२, २०७९ शुक्रबार १८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।