अब ब्रेकअप हुँदैछ भनेर तीन महिना अघि नै थाहा पाइने, वैज्ञानिकहरूले पत्ता लगाए नयाँ तरिका

अब ब्रेकअप हुँदैछ भनेर तीन महिना अघि नै थाहा पाइने, वैज्ञानिकहरूले पत्ता लगाए नयाँ तरिका

एजेन्सीः लामो समयदेखि चलिरहेको प्रेम सम्बन्धमा एकाएक दरार आएर ब्रेकअप हुनु सबैको लागि पीडादायी नै हुन्छ। केही समयपछि ब्रेकअप हुन्छ है भनेर अलिक अगाडि नै थाहा भैदियाे भने बरु बिस्तारै मनस्थिति बन्दै जान्थ्यो होला। तर अचानक ब्रेकअप भैदिंदा मानिसले मन थाम्न नसकेर गलत बाटो पनि लिन सक्छन्।

यहीं परिस्थितिलाई मध्यनजर गर्दै वैज्ञानिकहरूले नयाँ खोज गरेका छन्। उनीहरूले यस्तो तरिका पत्ता लगाएका छन् कि जसले तपाईंलाई आफ्नो प्रेमी वा प्रेमिकासँग ब्रेकअप हुँदैछ भनेर तीन महिना अगाडि नै थाहा हुन्छ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरूले ६ हजार ६०३ जना रेडिट प्रयोगकर्ताका १० लाख २७ हजार ५४१ वटा पोस्टहरूको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन्। उनीहरूले रेडिटको सबरेडिट पोस्ट (r/Breakups) मा ती पोस्टहरू गरेका थिए।

प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित भएको उक्त शोधअनुसार शोधकर्ताहरूले प्रयोगकर्ताहरूका ब्रेकअप भन्दा २ वर्ष अगाडि र २ वर्ष पछाडिसम्मका रेडिट पोस्टहरूको विश्लेषण गरेका थिए। त्यस क्रममा उनीहरूले प्रयोगकर्ताका पोस्टका भाषामा परिवर्तन आएको देखे।

ब्रेक हुनेवाला प्रयोगकर्ताको रेडिट पोस्टको भाषामा ब्रेकअप भन्दा ३ महिना अगाडिबाट परिवर्तन आउन थालेको उनीहरूले पत्ता लगाए। ब्रेकअप भएको ६ महिना पछिसम्मै त्यस्तो परिवर्तित भाषामा कुनै फरकपना देखिएन।

उदाहरणका लागिः ‘मलाई थाहा छैन कि मैले आफ्नो कहानी बताउँ कि नाइँ। मलाई सहयोग चाहिएको छ किनकि मैले आफैंलाई हराएको महसुस गरिरहेको छु। तर मेरो कहानी लामो छ, मलाई यो पनि थाहा छैन कि यसलाई सेयर गर्नु ठीक हो कि होइन।’ 

वास्तवमा यस्ता खालका पोस्टहरू मानिसहरूमा सामान्य रुपमा देखिँदैनन्, जब उनीहरू आफ्नो सामान्य सम्बन्धको बारेमा कसैसँग कुराकानी गरिरहेका हुन्छन्। तर जब सम्बन्धमा उतारचढाव आउँदछ र उनीहरूको मन बदलिन्छ तब यस्तो खालको भाषाको प्रयोग हुन्छ।

प्रमुख शोधकर्ता साराह सेरोजका अनुसार मानिसहरूलाई आफ्नो ब्रेकअप हुनेवाला छ भनेर पहिले नै थाहा हुन्छ। तर उनीहरू कहिल्यै पनि आफ्नो भाषामा ध्यान दिँदैनन्। 

हामीले कतिपटक आफ्नो भाषामा विभिन्न निपात, सर्वनाम, लेख, अनुच्छेद आदिको प्रयोग गरेका छौं भन्ने कुरामा ध्यान दिदैनौं। यो अवस्थामा हाम्रो भाषामा यसको प्रयोग बढ्दै जान्छ। यसले ब्रेकअपको चरणमा रहेको मान्छेको मनोवैज्ञानिक स्थिति पत्ता लाग्दछ।

पुष २२, २०७९ शुक्रबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।