५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, ४७ खर्ब भन्दा बढी रकम कर्जामा
काठमाडौंः बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको हो।
पुस १९ सम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो। गत मंसिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन्।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८६.५६ प्रतिशत छ। बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६.८३ प्रतिशत पुगेको छ।
पुष २२, २०७९ शुक्रबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।