सेञ्चुरी प्रभुमा गाभियो, राति ९ बजेदेखि मंगलबारसम्म दुवै बैंककाे सम्पूर्ण कारोबार बन्द हुने
काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा गाभिएको छ।
नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिले ‘बैंक तथा वित्तीय संस्था एक आपसिमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोन २०७९’ बमोजिम सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिएको हो।
बैंकले शुक्रबार एक सूचना निकालेर यसको जानकारी दिँदै आजै राति ९ बजेदेखि आगामी २६ गते विहान पौने १० बजेसम्म सम्पूर्ण कारोबार बन्द हुने जनाएको छ।
कोर बैंकिङ सिस्टममा आवश्यक डेटा माइग्रेसनका लागि बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्स्टेन्स काउन्टरहरूबाट प्रदान गरिने एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसहितका सम्पूर्ण सेवा बन्द हुने जानकारी गराएको छ।
२६ गते विहान पौने १० बजेपछि सम्पूर्ण बैंकिङ सेवा प्रभु बैंक लिमिटेडको नामबाट सुरू हुने बैंकले जनाएको छ।
पुष २२, २०७९ शुक्रबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।