चुनावमा झडप हुँदा मृत्यु भएका बाजुराका दुई जनाको परिवारलाई सरकारले १० लाख दिने

चुनावमा झडप हुँदा मृत्यु भएका बाजुराका दुई जनाको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं : सरकारले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा बाजुरा जिल्लामा भएको झडपको क्रममा मृत्यु भएकाको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले झडपमा मृत्यु भएका सञ्जिव ऐरी र चेतनदीप ऐरीको परिवारलाई प्रतिपरिवार १० लाखको दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

यस्तै बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापनाका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, कम्बोडियास्थित एक होटलमा आगलागी हुँदा बिर्तामोड नगरपालिका १ झापामा निराकार पाण्डेको निधन भएकोमा पार्थिक शरीरलाई नेपाल ल्याउन आवश्यक पहल गर्ने र त्यसका लागि आवश्यक खर्चको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ।

सचिवहरूको सरुवाको निर्णय पनि भएको मन्त्री पौडेलले जानकारी दिए। 

पुष २२, २०७९ शुक्रबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।