सुनको मूल्य ८ सयले घट्दा चाँदीमा २० रूपैयाँ गिरावट
काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार २ सयले बढेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले घटेको छ।
यसदिन छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रूपैयाँ कायम हुँदा तेजाबी सुन १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि बिहीबारको तुलनामा २० रूपैयाँ घटेको छ। बिहीबार १ हजार ३ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ३ सय ६५ रूपैयाँ कायम भएको छ।
पुष २२, २०७९ शुक्रबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।