गतहप्ता ४० कराेड प्रयाेगकर्ताकाे डेटा चाेरी भएकाे ट्वीटरबाट फेरि २० कराेडकाे इमेल आइडी लिक
काठमाडौं : माइक्रो ब्लगिङ साइट ट्विटरबाट २० करोडभन्दा बढि प्रयोगकर्ताको इमेल ठेगाना चोरी भएको खुलासा भएको छ।
चोरी भएको इमेल ठेगानाको अनलाइन ह्याकिङ फोरममा पोस्ट गरिएको इजरायलको साइबर सेक्युरिटी कम्पनी हडसन रकका सह–संस्थापक एलन चीकले जानकारी दिए। यसबारे ट्विटरले कुनै प्रतिक्रिया दिएको छैन।
एलनले यो डेटा ब्रीचले ह्याकिङ, टारगेट फिसिङ र डक्सिङ निम्त्याउने बताए। यो अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी भएको उनको भनाइ छ।
ब्रीच–नोटिफिकेशन साइट ‘ह्याभ आई बीन पोन्ड’ले चोरी भएका इमेलका धेरै ट्विटर प्रयोगकर्ताहरूलाई इमेलमार्फत यसको जानकारी पठाएका छ। यसको स्क्रिनसट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सूचनामा भनिएको छ– ‘तपाईंको इमेल ठेगाना एक्स्पोज भएके छ। यसलाई समाधान गर्न सुझाव दिन्छौं।’
अघिल्लो सातादेखि नै दिइएको थियो चेतावनी
हडसन रकले गत हप्ता चेतावनी जारी गर्दै आयरल्याण्डका एक ह्याकरसँग ४० करोड ट्विटर प्रयोगकर्ताको इमेल ठेगाना र फोन नम्बर रहेको बताएको थियो।
यसका लागि ह्याकरले १ करोड ६३ लाख रूपैयाँ मागेका थिए। जसको डाटा ह्याक गरिएको थियो उनीहरू बलिउड अभिनेता सलमान खान, गुगलका सीईओ सुन्दर पिचाई र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्ता धेरै उच्च प्रोफाइल व्यक्तिहरू हुन्। यसपछि ट्विटरले अनुसन्धान थालेको छ।
ट्वीटरको पर्सनल डाटा स्टोरबाट करिब ४० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको थियो। एक ह्याकरले यो व्यक्तिगत डाटा डार्क वेबमा बिक्रीको लागि राखेका थिए।
इजरायली साइबर इन्टेलिजेन्स कम्पनी हडसन रकले डार्क वेबमा बिक्री भइरहेको डाटामा प्रयोगकर्ताका इमेल, नाम, प्रयोगकर्ता नाम, फलोअर्स र केही अवस्थामा फोन नम्बरहरू समावेश भएको बताएको छ।
पुष २२, २०७९ शुक्रबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।