११ दिनपछि नियमित सञ्चालनमा मनकामना केबलकार

११ दिनपछि नियमित सञ्चालनमा मनकामना केबलकार

काठमाडौं : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ।

विद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो।

केबलकार निर्माता अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

बिहीबार राति मर्मतको काम सम्पन्न भएकाले शुक्रबार विहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए। विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको छ।

पुष २२, २०७९ शुक्रबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।